वीरगन्ज । सर्लाहीमा एक जना मतदान अधिकृतको निधन भएको छ ।
जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ४ जिगडवास्थित ड्यूटीमा खटिएका एक जना मतदान अधिकृतको मंगलबार दिउँसो मृत्यु भएको हो ।
आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका ४२ वर्षका सिनियर अहेब रघुनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी करिब २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएका थिए । त्यसपश्चात उनलाई प्रादेशिक अस्पतालमा उपचारका लागियो । यद्यपी अस्पताल पुर्याएको करबि आधा घण्टापछी नै चिकित्सकहरुले महतोलाइ मृत घोषित गरेका प्रहरीले बताएको छ ।
मृतक महतो रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।
उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए ।
मृत्युको कारण खुलिनसकेको बताउँदैँ प्रहरीले पोष्टमार्टमपछि मात्र यकिन भन्न सकिने बताएको छ ।
शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको जनाइएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।