ट्रेन्डिङ

पिकअपको ठक्करबाट रौतहटका एक जना निर्वाचन प्रहरीको मृत्यु

वीरगन्ज । पिकअप गाडीको ठक्करबाट एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ७ घर भएका २४ वर्षका पवन साह छन् ।

फागुन १४ गते रौतहटबाट काठमाण्डौँतर्फ जादै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको यौद्धा पिकअप गाडीले उनलाई मकवानपुरको हेटौँडा–८ कर्रा पुल नजिक ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पिकअप र चालक रौतहटकै चन्द्रपुर नगरपालिका–८ बस्ने २५ वर्षका अर्जुन चौधरीलाई नियन्त्रणमा लिएको बताएको छ ।

मृतक साह इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा कार्यरत थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै