ट्रेन्डिङ

पर्सा–३ मा कांग्रेसको घरदैलो तीव्र, सुरेन्द्र प्रसाद चौधरीद्वारा पोखरियामा मतदाता भेटघाट

वीरगन्ज । नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–३ का उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले चुनावी अभियानलाई तीव्रता दिँदै पोखरिया नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

चौधरीले दलबलसहित पोखरिया नगरपालिका वडा नम्बर ४ र ५ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा उनले स्थानीयसँग समसामयिक समस्या, विकास निर्माणका अधुरा काम, शिक्षा–स्वास्थ्यको अवस्था तथा रोजगारीका विषयमा छलफल गरेका थिए।

मतदातासँग संवाद गर्दै उम्मेदवार चौधरीले कांग्रेसलाई विजयी गराउन आग्रह गरे।

उनले लोकतान्त्रिक मूल्य मान्यता, पारदर्शी शासन र समावेशी विकास कांग्रेसको प्राथमिकता रहेको उल्लेख गर्दै पर्सा–३ लाई समृद्ध बनाउने स्पष्ट योजना रहेको दाबी गरे।

घरदैलो कार्यक्रममा स्थानीय नेता कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी मतदाताहरूले पनि क्षेत्रको दीर्घकालीन विकासका लागि प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

पर्सा क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातिँदै जाँदा उम्मेदवार चौधरीले घरदैलो अभियानलाई निरन्तरता दिने बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै