ट्रेन्डिङ

सर्लाहीको ईश्वरपुरमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–स्थित खिलामा गएराति तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

दुर्घटनामा भारतमा दर्ता भएका मोटरसाइकलहरू एकापसमा जुधेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन्।

उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचार गराइएको छ।

उपचारपछि दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै