ट्रेन्डिङ

रावण वध र लंका दहन गरी जनकपुरमा किन मनाइन्छ बिजया दशमी ?

धनुषा । जनकपुरमा रावण वध तथा लंका दहन गरी बिजया दशमी मनाइएको छ । धनुुष सागर पोखरीको डिलमा शनिबार रावण वध तथा लंका दहन गरी बिजया दशमी मनाइएको हो ।

महावीर यूवा कमिटीको आयोजनामा रावण वध र लंका दहन कार्यक्रम हेर्न लाखौं मानिस पुगेका थिए ।

राम मन्दिरका महन्त राम गिरीले चलाएको तीर सांकेतिक रुपमा बनाइएको रावणको प्रतिमामा लागेको थियो । तीर प्रतिमामा लागेपछि आगो लाग्यो, त्यसपछि रावणको प्रतिमा तथा सांकेतिक लंका जलेर नष्ट भयो ।

रावण वध र लंका दहनका बेला आतिशबाजी गरिएको छ । यो दृष्य हेर्न जनकपुरधामबासी हरेकवर्ष उर्लिन्छ । यसवर्ष पनि ठूलो संख्यामा सर्वसधारणहरु सहभागी भएको थियो ।

फाइल फोटो

त्रेतायूगमा भगवान रामले लंकाका राजा रावणको बध र लंका जलाएको थियो । त्यसलाई असत्यमाथि सत्यको विजयी भएको रुपमा लिन्छ ।

जनकपुरधाम भगवान रामको ससुराली पनि हो । त्यसैले त्यहाँ हरेका वर्ष रावण वध र लंका दहन कार्यक्रम भव्य रुपमा मनाइन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै