ट्रेन्डिङ

हेटौँडादेखि काठमाण्डौँ जाँदा बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले यस्तो अनुरोध गरेको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको जनाए ।

उनका अनुसार कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै