ट्रेन्डिङ

मधेसमा बालेन : बुधबार सर्लाहीदेखि वीरगन्जसम्म जनसम्पर्क अभियान

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) माघ २८ गते सर्लाही र आसपासका क्षेत्रमा आउदैँछन् ।

फागुन २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै चुनावी अभियान तथा जनसम्पर्कका लागि उनी यहाँ आउने रास्वपाले जनाएको छ ।

मधेश केन्द्रित चुनावी अभियानमा सक्रिय रहेका बालेनले सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा भव्य कार्यक्रमहरूमा सहभागी भइसकेका छन्। भने बुधबार प्रदेशका बाँकी चार जिल्लामा चुनावी केन्द्रित अभियानमा उनको सहभागीता रहने रास्वपा पर्साले जनाएको छ ।

पार्टीका अनुसार बुधबार बिहान ८ बजे सर्लाहीको लालबन्दीबाट अभियान सुरु हुने छ । त्यसपछि उनी हरिवन, बरहथवा, गरुडा, चपुर हुँदै निजगढ प्रस्थान गर्ने तालिका छ ।

त्यसपछि दिउँसो कलैया, वीरगन्ज र जितपुरमा जनसम्पर्क तथा अभिवादन कार्यक्रम तय गरिएको छ।

स्थानीयस्तरमा बढ्दो राजनीतिक चासोका बीच बालेनको आगमनलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै