ट्रेन्डिङ

पर्साको ठोरीबाट एक जना पुरुषको उद्दार

वीरगन्ज । मानवसेवा आश्रम वीरगञ्ज मानसिक अवस्था कमजोर एक पुरुषको उद्दार गरेको छ ।

मंगलबार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर चोकबाट एक पुरुषको उद्दार गरिएको आश्रमले जनाएको छ ।

दिउँसो साढे २  बजे नामथर ठेगाना स्पष्ट बताउन नसक्ने अन्दाजी ३० वर्षका पुरुषको उद्दार गरिएको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए । सडकमा अलपत्र अवस्थामा भेटिएका उनलाई मानवसेवा आश्रमको टोलीले उद्दार गरी आश्रममा लगेको उनले बताए ।

सो क्रममा गुप्तासहित आश्रमकी संयोजक मुना मगर, सामाजिक अभियान्ता प्रकाश थारु, ठोरी गाउँपालिका–५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन तथा प्रहरी चौकी सुवर्णपुरका प्रहरी बरिष्ठ हवलदार विवेक राउत कुर्मीको उपस्थिति थियो।

आश्रम ल्याएपछि ती पुरुषलाई सरसफाइ तथा नुहाइधुवाइ गराई आवश्यक हेरचाह गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था डाक्टर भरत गोईको निगरानीमा औषधि उपचारमार्फत व्यवस्थापन गरिने मानवसेवा आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थलमा अलपत्र, असहाय र मानसिक समस्या भएका व्यक्तिहरूको उद्धार गर्दै उनीहरूलाई सम्मानजनक जीवन प्रदान गर्ने उद्देश्यले निरन्तर सेवा दिँदै आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै