ट्रेन्डिङ

पर्साको भवानीपुरमा उम्मेदवार अनिल रुंग्टाको घरदैलो, के गरे प्रतिवद्धता ?

वीरगन्ज । पर्सा क्षेत्र नम्बर- १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टा नेतृत्वमा वीरगन्ज महानगरपालिका अन्तर्गत इनरवा–१८, भवानीपुरमा चुनावी घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार रुंग्टाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै समावेशी विकास, क्षेत्रको समग्र उन्नति र जिम्मेवार नेतृत्व प्रदान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

उनले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर परिणाममुखी राजनीतिक कार्यक्रम लागु गर्ने विश्वास दिलाए।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, नेता र कार्यकर्ताहरूले आगामी निर्वाचनमा रुख छापमा मतदान गरी अनिल रुङ्टालाई विजयी बनाउन एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र आपसी विश्वासले पर्सा क्षेत्र नम्बर-१ मा कांग्रेसको स्थिति अझ मजबुत बन्दै गएको संकेत गरेको सहभागीहरूले बताए।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेताहरूको उपस्थिती रहेको थियो।

कार्यक्रमका सहभागीहरूले कांग्रेसको एकता, प्रतिबद्धता र आगामी निर्वाचनमा जित सुनिश्चित गर्न सबै तहमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै