ट्रेन्डिङ

पर्सा–१ मा कांग्रेस उम्मेदवार अनिल रुंग्टाको सक्रियता तीव्र, वीरगन्जमा मतदाता भेटघाट र इनार्वामा सम्पर्क कार्यालय उद्घाटन

वीरगन्ज । पर्सा क्षेत्र नं.–१ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुंग्टाले आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।

मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उम्मेदवार रुंग्टाले आज वीरगन्जका विभिन्न स्थानमा पुगेर स्थानीयसँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा उनले जनताका दैनिकीसँग जोडिएका समस्या, विकाससम्बन्धी गुनासा र आगामी दिनप्रति रहेका अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए ।

यसै अवसरमा वीरगन्ज महानगरपालिका वडा नं.–१६ इनार्वामा नेपाली कांग्रेसको सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ ।

उक्त कार्यालय चुनावी अभियान सञ्चालनको केन्द्र बन्ने र मतदातासँग निरन्तर सम्पर्कको माध्यम हुने कांग्रेसले जनाएको छ ।

भेटघाटका क्रममा उम्मेदवार रुंग्टाले संसदमार्फत क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने, जनमुखी कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण मतदातामाझ प्रस्तुत गरेका थिए ।

उनले पर्सा–१ को समग्र विकासका लागि जनताको विश्वास र समर्थन आवश्यक रहेको भन्दै कांग्रेसलाई बलियो बनाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै