वीरगन्ज । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार घट्दै गएको छ ।
बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको सुन शुक्रबार पनि थप ४ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । यसरी दुई दिनमै सुनको मूल्य झण्डै १३ हजार ७ सय रुपैयाँले घटेको छ ।
यसैबीच चाँदीको भाउमा पनि गिरावट आएको छ ।
शुक्रबार चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।