ट्रेन्डिङ

सुनचाँदी बजारमा एकाएक उछाल, तोलामै १४ हजार ४ सयले महँगियो सुन

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको छ।

मंगलबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज तोलामै १४ हजार ४ सय रुपैयाँले बढेको हो।

पछिल्ला दिनहरूमा सुनको मूल्यमा देखिएको तीव्र उतारचढावले बजार तातेको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रति १० ग्राम २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ, जबकि मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो।

महासंघका अनुसार आज चाँदी प्रति १० ग्राम ४ हजार ८ सय १ रुपैयाँ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै