काठमाडौँ । पेस्तोलसहित ललितपुरबाट तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलले मंगलबार उनीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षका सुशील स्याङ्तान, दोलखाको भीमेश्वर नगररालिकाका २२ वर्षकै सुमन तामाङ र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षका विप्लव राई छन् ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।