ट्रेन्डिङ

मधेसका पूर्वमुख्यमन्त्री राउतको स्वकीय सचिव यादवले छाडे जसपा नेपाल, गरे–जसपा प्रवेश

बीरगन्ज । मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउतको स्वकीय सचिव दीपक यादवले जसपा नेपाल छाडेका छन् । पूर्वमुख्यमन्त्री राउतका सचिव आज एक कार्यक्रमबिच उनका साथ छोडेका हुन ।

जसपा उपमहासचिव प्रदीप यादवले उनलाई टिका लगाएर जसपामा प्रवेश गराएका हुन । शुक्रबार आयोजित एक कार्यक्रमबिच जसपा नेपाल पर्साका सह–इन्चार्ज दीपक यादव जसपामा प्रवेश गरेको छन् ।

उनीसहित दर्जनौंको संख्यामा कार्यकर्ताहरु जसपा नेपाल परित्याग गरी जसपामा प्रवेश गरेको जसपाका तबरेज अहम्मदले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवबाट अलग्गिएर अशोक राइको नेतृत्वमा बेग्लै जसपाका पार्टी गठन भएको छ ।

उक्त पार्टी गठन भएपछि अहिले पर्सामा पार्टी विस्तार तथा प्रवेश गराउने काम तिव्रताका साथ भइरहेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै