वीरगन्ज । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरणमा तीव्रता दिएको छ ।
“आपन बुथ सब से मजबुत” अभियान अन्तर्गत पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जनमत पार्टी पर्साको आयोजनामा सम्पन्न भएको हो ।
अभिमुखीकरणमार्फत बुथस्तरको संगठनलाई अझ मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान अघि बढाउने रणनीति तय गरिएको पार्टीले जनाएको छ ।
उक्त अवसरमा पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले औपचारिकरूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
उनले बुथस्तर नै निर्वाचन जितको आधार हुने उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध र सक्रिय बनाएर मैदानमा उत्रिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
जनमत पार्टीले आगामी दिनमा घरदैलो, जनसम्पर्क तथा विभिन्न चुनावी कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ ।
२१ फागुनको निर्वाचनलाई निर्णायकरूपमा लिएको पार्टीको भनाइ छ ।