ट्रेन्डिङ

प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सामा सुरु गर्‍यो चुनावी अभियान

वीरगन्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा औपचारिकरूपमा चुनावी अभियानको सुरुआत गरेको छ ।

पर्सा क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमिताभ बच्चन दासले अभियान अघि बढाएका हुन् ।

चुनावी गतिविधिको पहिलो कार्यक्रम बहुदरमाई नगरपालिका वडा नम्बर–६ अन्तर्गत गमरिया टोलमा आयोजना गरिएको थियो ।

उक्त अवसरमा उम्मेदवार दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेका छन् ।

आम जनतासँगको संवादबाटै अभियान सुरु गरिएको भन्दै पार्टीले आगामी दिनमा क्षेत्रभरि जनसम्पर्क, घरदैलो तथा विभिन्न भेटघाट कार्यक्रमलाई तीव्रता दिने जनाएको छ ।

पार्टी स्रोतका अनुसार जनताको सुझाव र अपेक्षालाई केन्द्रमा राखेर चुनावी गतिविधि अघि बढाइनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै