ट्रेन्डिङ

गहवामाइँ मन्दिरमा पूजापाठपछि अनिल रुंग्टाको चुनावी दौड सुरु

वीरगन्ज । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी गतिविधि सुरु गरेका छन् ।

चुनावी कार्यक्रमको सुरुआत गर्नु अघि रुंग्टाले वीरगन्जस्थित गहवामाइँ मन्दिरमा पूजापाठ गरेका थिए ।

धार्मिक अनुष्ठानपछि उनले मतदातामाझ पुग्ने अभियान अघि बढाएको उनको सचिवालयले जनाएको छ ।

रुंग्टाले निर्वाचन लक्षित प्रचारप्रसार, कार्यकर्ता तथा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् ।

आगामी दिनमा क्षेत्रभरि सक्रिय रूपमा चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

कांग्रेसतर्फबाट उम्मेदवार बनेपछि रुंग्टाले जनताको विश्वास जित्ने उद्देश्यसहित मैदानमा उत्रिएको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै