काठमाण्डौँ । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो ।
राजीनामा दिएका खरेल ललितपुर(२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।