ट्रेन्डिङ

सरकारले सामाजिक सञ्जालबाट हुने दुरुपयोगका घटना निगरानी गर्ने

काठमाडौं । सरकारले निर्वाचनको समयमा सामाजिक सञ्जालको प्रयोगबाट हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समितिको नियमित बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सुरक्षा अधिकारीहरूले निर्वाचनको अवधिभर सामाजिक सञ्जालको दुरुपयोग निकै बढ्न सक्ने रिपोर्टहरू आइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारीत भै कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको छ ।

बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा बिफ्रिङ भएको थियो । बैठकमा सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ ।

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै