ट्रेन्डिङ

जग्गा दलाल र भ्रष्ट कर्मचारी हावी हुँदा सहकारी माथि अविश्वास बढ्यो – वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष गौतम

गणेश सहकारीको अध्यक्षमा केडिया निर्विरोध

वीरगन्ज । पछिल्लो समय गलत व्यक्तिहरुको प्रवेशले सहकारीको क्षेत्र धमिलो बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले बताएका छन् ।

वीरगञ्जको त्रिशला होटेलमा आयोजना गरिएको श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्रको पिलर समान रहेको सहकारीबाट समाजमा आर्थिक अनुशासन कायम हुने, बचत संस्कार विकास भई स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरे । तर च्यानल तोड्ने,जग्गा दलाल र भ्रष्ट कर्मचारी हावी हुँदा पछिल्ला समय सहकारी बदनाम भएको उनको भनाइ थियो ।

उनका अनुसार यस्तो दुर्दशामा पनि गणेश बचतले नाफा कमाउन सक्नु सराहनीय कार्य हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोद गुप्ताले सहकारी र निजी क्षेत्र आर्थिक समृद्धिका दुई महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै पारदर्शिता, सुशासन र सदस्यको सक्रिय सहभागिता बिना कुनै पनि संस्था दीगो बन्न नसक्ने बताए ।

उनले वर्तमान आर्थिक चुनौतीका बीच पनि बचत र लगानी संस्कारको विकास गर्न  सहकारीहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

संस्थाका अध्यक्ष प्रदिप केडियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८१/०८२ मा संस्थाले २७ करोड ११ लाख ६० हजार ५ सय ६६ रुपैया निक्षेप संकलन गरेको छ  भने ५१ लाख ४२ हजार ६ सय ४२ रुपैंया आम्दानी गरेको छ ।

सो अवसरमा निर्विरोध चयन भएका अध्यक्ष गोपाल केडियाले आफ्नो कार्यकालमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

सदस्यहरूको आवश्यकता र क्षमताअनुसार बचत तथा कर्जा योजनालाई थप प्रभावकारी बनाएर कृषि, साना व्यवसाय, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्राथमिकता दिन आधुनिक प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सरल, छरितो र समयानुकूल बनाउने योजना सुनाए ।

केडियाको नेतृत्वमा शनिबार चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा निरज अग्रवाल, महासचिवमा छठु लाल खेतान, कोषाध्यक्षमा प्रेमचन्द गोयल लगायत रहेका छन् ।

कार्यक्रममा बीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष गणेश लाठ, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल, संस्थाका कानुनी सल्लाहकार बिनय सिंह लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै