ट्रेन्डिङ

नवरात्रको आज अन्तिम दिन, शक्तिपीठमा पूजा गर्नेहरुको भीड

बीरगन्ज । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।

अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेरको विश्रामपछि नवमीको पूजा गर्नुपर्नेछ । नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

नवरात्रको अन्तिम दिन देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको भीड छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि सहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिन कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै