ट्रेन्डिङ

वीरगन्जको कर्फ्यु हट्यो

वीरगन्ज । वीरगन्जमा लगाइएको कर्फ्यु हटेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको हो ।

जिल्ला सुरक्षा समितिको पुस २१ र २२ गते बसेको बैठकको निर्णयअनुसार जारी गरिएको कर्फ्यु मंगलबार अपराह्न ३:३० बजेदेखि हटाइएको हो ।

शान्ति–सुरक्षा तथा सार्वजनिक व्यवस्था कायम गर्न र राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यसअघि वीरगञ्जका केही क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो । तर पछिल्लो समय यहाँ शान्ति–सुरक्षा अवस्था सुधार भएको, नागरिकको आवतजावत, व्यापार–व्यवसाय तथा दैनिकी सहज बन्दै गएको निष्कर्षसहित कर्फ्यु हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै