ट्रेन्डिङ

वीरगन्जमा १४ घण्टका लागि कर्फ्यु, सिडियोले दिए गोली हान्ने आदेश

वीरगन्ज । वीरगन्जमा कर्फ्यु लागेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

वीरगन्ज महानगरपालिकाको चार क्षेत्रको सिमाना तोकेर कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।कर्फ्यु अवधिभर कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ तथा आवातजावत गर्न नपाइने जनाइएको छ ।

कुन कुन क्षेत्रको सिमामा कर्फ्यु ?

      पूर्व: बाइपास रोड

     पश्चिम: सिरिसिया पुल

    उत्तर: पावर हाउस चोक

    दक्षिण: शंकराचार्य गेट

कर्फ्युको समयमा सुरक्षाकर्मीले गोली हान्न सक्ने भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । निस्किनै परे नजिकैको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा सम्पर्क गरि जान प्रशासनले आग्रह गरेको छ ।

कर्फ्यु अवधिमा सुरक्षा निकायको समन्वयमा अत्यावश्यक सेवाका सवारी साधनहरू—जस्तै एम्बुलेन्स, दमकल, खानेपानी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावत गर्न दिइने जनाइएको छ।

कर्फ्यु उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै