ट्रेन्डिङ

डुमरवानास्थित साना किसान सहकारीको २९औँ साधारण सभा सम्पन्न

बारा । बाराको डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१५ मा आयोजित सभामा ज्येष्ठ सेयर सदस्य चन्द्रकली रिजाल प्रमुख अतिथि रहेका थिए ।

सभामा संस्थागत प्रतिवेदन अध्यक्ष प्रदीप सिंह बरालले प्रस्तुत गरे भने लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शारदा खड्काले प्रस्तुत गरिन्।

आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित वार्षिक बजेट तथा कार्यक्रम मुख्य प्रबन्धक प्रकाश रिमालले प्रस्तुत गरे।

सभामा विभिन्न सहकारीका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, शिक्षाविद्, सञ्चारकर्मी तथा सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अध्यक्ष प्रदीप सिंह बरालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सुकुमाया वाइबाले स्वागत मन्तव्य राखिन् भने वरिष्ठ प्रबन्धक राजेन्द्रप्रसाद जमकटेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले सहकारीले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

स्थानीय तहको तर्फबाट वडा नम्बर- १४ की वडा अध्यक्ष चयन मगर गुरुङ, वडा नम्बर- १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने तथा वडा नम्बर- १६ का वडा अध्यक्ष हरीदेव खरेलले शुभकामना मन्तव्य राखे।

त्यसैगरी स्थानीय सहकारीको तर्फबाट सप्तरंगी साकोसकी अध्यक्ष शोभा के.सी., सिमरा महिला साकोसकी अध्यक्ष भिमा देवी शर्मा, हातेमालो साकोसका प्रतिनिधि चुडामणि गौतमले शुभकामना दिए।

शैक्षिक संघ–संस्थाको तर्फबाट राष्ट्रिय विभूति नेटवर्कका डाइरेक्टर श्यामप्रसाद भट्टराई र जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु प्रसाद अधिकारीले धारणा राखे भने सञ्चारकर्मीहरूको तर्फबाट गुरु प्रसाद गौतमले शुभकामना मन्तव्य राखे।

कार्यक्रममा पत्रकार विदुर खड्काले सहकारी सचेतनासम्बन्धी गीत प्रस्तुत गरे।

साधारण सभामा विभिन्न सेवाकेन्द्र अन्तर्गत उत्कृष्ट कार्य गर्ने सेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो।

ज्येष्ठ महिला तथा पुरुष सेयर सदस्यहरूलाई दोसल्ला, पोषिलो आहार र नगदसहित सम्मान गरियो।

डुमरवाना, सिमरा, कतर्वा, कोल्हवी र निजगढ सेवाकेन्द्र अन्तर्गत पशुपालन, तरकारी तथा फलफूल खेती, बचत–ऋण कारोबार, घरेलु उद्योग, उत्कृष्ट समूह तथा अन्तरसमूहलाई सम्मान गरियो।

निजगढ सेवाकेन्द्रका उत्कृष्ट सेयर सदस्य सम्मानित

निजगढ सेवाकेन्द्र अन्तर्गत व्यवसायिक पशुपालन (दुग्धजन्य) तर्फ जानुका फुँयाल, व्यवसायिक पशुपालन (मासुजन्य–बंगुर पालन) तर्फ चरीमाया थिङ र रीता पुलामी, व्यवसायिक तरकारी खेतीतर्फ रोजिना सिंतान तथा व्यवसायिक फलफूल खेती (केरा) तर्फ पुन्यकुमारी लामिछाने सम्मानित भए।

त्यस्तै उत्कृष्ट बचत कारोबारतर्फ अञ्जना पौडेल, उत्कृष्ट ऋण कारोबारतर्फ सानीमाया लामा, उत्कृष्ट घरेलु उद्योग व्यापारतर्फ सन्जु देवी, उत्कृष्ट अन्तरसमूहका रूपमा अन्तरसमूह नं. ०४ र उत्कृष्ट समूहका रूपमा समूह नं. १४ लाई सम्मान गरियो।

प्लस–टु तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

सभाकै अवसरमा संस्थाको कार्यक्षेत्रभित्रका संस्थागत तथा सामुदायिक विद्यालयबाट प्लस–टु तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरियो।

संस्थागत विद्यालयतर्फ लोटस एकेडेमी, सिमराका पुरुषोत्तम के.सी. र सामुदायिक विद्यालयतर्फ श्री गौरीशंकर माध्यमिक विद्यालय निजगढकी प्राश्मा थपलिया, श्री ने.रा.मा.वि. दुधिअवा रौतहटका भुवन केसी तथा श्री ने.रा.मा.वि. सिमराकी आकृति पुलामीलाइ सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै