ट्रेन्डिङ

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा काठमाण्डौँमा सम्पन्न, अध्यक्ष अन्सारीले के भने ?

काठमाण्डौँ । राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न भएको छ।

शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुधारिएको संसदीय व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, पुर्ण समानुपातिक समावेशी व्यवस्थालाई आत्मसात गर्दै र यसको पक्षमा दृढदापुर्वक लाग्ने बताए।

उनले दर्जनौं पार्टीको बिचमा राष्ट्र निर्माण दल नेपालको स्थापनाको आवश्यकता र औचित्यको पुष्टि गरेका थिए। अध्यक्ष अन्सारीले यो दलले हिमाल , पहाड र तराई- मधेशको समान प्रतिनिधित्व गराउदै सबै नेपाली समुदायलाई राष्ट्र निर्माण दल नेपालको अभियानमा जुट्ने बताए । समानुपातिक निर्वाचन तर्फ आफ्नै दल एक्लै लडने बताउदै प्रत्यक्षतर्फ मुद्दा मिल्ने पार्टीसँग गठबन्धन, चुनावी तालमेल गर्ने बताए ।

चुनाव चिन्ह ‘गोलो घेराभित्र पानीको बोतल’ लिएर राष्ट्र निर्माण दल नेपाल चुनावमा होमिएको छ ।

घोषणा सभामा संविधानसभा सदस्य एवम् पुर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैन, गुरुदेव राम, खगेन्द्र ढकाल, सुमन खड्गी, दीपेन्द्र चौधरी, अकबर खानलगायत विभिन्न जिल्लाबाट हजारौं संख्या आएका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै