Close This

ट्रेन्डिङ

बेलुनमा हावा भर्दा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु

३ जना घाइते

रौतहट । बेलुनमा हावा भर्ने क्रममा ग्यास सिलिन्डर पड्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । घटनामा थप ३ जना घाइते भएका छन् ।

जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ७ मा लागेको मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको हो ।

मेलामा बेलुन व्यापार लुनको गर्दै आएका सोही वडाको निमुवा अकोलवाका ३८ वर्षीय दिनानाथ महतोले बुधवार अपरान्ह मेलामा बेलुन फुलाउने क्रममा अचानक सिलिन्डर पड्किएको थियो।

ग्यास सिलिन्पडर पड्किएर दिनानाथको  मृत्यु भएको हो । सिलिन्डर पड्किँदा उनको शरिरका अधिंकास भाग जलेको थियो ।

उनलाइ उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लगिएकोमा थप उपचारका लागि बीरगन्जतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० वर्षकी अन्जली कुमारी साह, ५० वर्षका नायाना देवी । ७ वर्षका विशाल महतो घाइते भएका रौतहट प्रहरीका प्रवक्ता दीपक कुमार रायले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। अन्य घाइतेहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै