सिरहा । बागमती प्रदेशका मुख्यमन्त्री वनभोज कार्यक्रममा सहभागी हुन ‘हेलिकप्टर’ चढेका छन् ।
सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित वनभोज कार्यक्रम (पिकनिक) मा सरिक हुन मुख्यमन्त्री इन्द्र बानिॅंयाले हेलिकप्टरको प्रयोग गरेका हुन् ।

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई-१४ मा पिकनिक आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन उनी हेटौंडाबाट हेलिकप्टर चढेर पुगेका हुन् ।
वनभोज कार्यक्रममा सरिक हुनकै लागि मुख्यमन्त्रीले हेलिकप्टर चढेर पुगेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।