काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार सोमबार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा देखिने हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
यसले स्वास्थ्यमा असर पार्नुका साथै सडक र हवाई यातायातमा समेत आंशिक अवरोध सिर्जना गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।