ट्रेन्डिङ

करेन्ट लागेर आमा छोराको मृत्यु

रौतहट । विद्युतीय मोटरबाट करेन्ट लागेर रौतहटमा आमा छोराको ज्यान गएको छ । मंगलबार दिउँसो मोटर चलाएर लुगा धुने क्रममा करेन्ट आमा छोराको ज्यान गएको हो ।

ज्यान जानेमा परोहा नगरपालिका वडा नम्बर ७ नरकटिया टोलका ३५ वर्षीया ललिता देवी साह र १८ वर्षीय अर्जित साह रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा घाइते भएका उनीहरुलाइ उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै