
बीरगन्ज । बीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको माग गर्दै अलौंमा रिले अनशन सुरु छ ।
महानगरका मेयर सिंहसहित उनका समर्थकहरुविरुद्ध कारबाहीको माग गर्दै अलौंका स्थानीय रिले अनशनमा बसेका छन् ।
अलौंका कांग्रेस नेता एवम ज्येष्ठ नागरिक ओम लामिछानेसंग भएको दुव्र्यवहारसंगै उनका छोरा सदुर्शन लामिछानेमाथि भएको साङ्घातिक हमलाको विरुद्धमा स्थानीयले रिले अनशन सुरु गरेका हुन ।
महानगरको मेयर सिंह गाउँमा आएर माफी माग्नु पर्ने मागसहित अलौंस्थितको आइसीपी नजिकै स्थानीयको रिले अनशन जारी छ ।
यही २१ गतेदेखि गाउँको ज्येष्ठ नागरिककै मानमर्दन भएको ठहर गर्दै सर्वपक्षीय निर्णय गरेर अलौका स्थानीय रिले अनशनमा बसेको जनाइएको छ ।
गाउँलेहरु सुरु गरेको रिले अनशन जारी नै छ, तर यही बेला केही राजनीतिक दलहरुले गाउँलेहरुको रिले अनशनको नजरअन्दाज गर्दै धमाधम विज्ञप्ति जारी गरिरहेका छन् ।
अर्थात् पर्सा जिल्लामा अहिले राजनीतिक दलहरुले धमाधम विज्ञप्ति जारी गरिरहेका छन् । तर त्यसमा चाखलाग्दो मुद्दा के हो भने, जारी भएको विज्ञप्ति फरकफरक स्वादमा छन् । अर्थात् स्वार्थ अनुसारको विज्ञप्ति जारी भएका छन् ।
जनताको सेवक भएर काम गर्ने अठोट लिएर खुलेका राजनीतिक दलहरु आफ्नो सिद्धान्तविपरीत मात्र नभइ, जनताको भावनाविपरीत नै खडा भएको जारी विज्ञप्तिमार्फत झल्किएको छ ।
अलौंमा जमेको पानी खोल्ने÷नखोल्ने विषयमा भएको विवादले पर्सा जिल्लाको राजनीतिक अवस्थालाइ उदाङ्गो बनाइदिएको छ ।
जसकारण पर्साका राजनीतिक दलहरु अहिले चियो चर्चाको केन्द्रबिन्दूमा छन् ।
पहिला त्यो घटनाबारे केही जानौं ।
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण महानगरको विभिन्न वडा डुबानमा परेको थियो, जसमध्ये २६, २४, २१ र १७ नम्बर पनि डुबानबाट मुक्त हुन सकेन ।
बाढी लामो समयसम्म जमिरहयो, खेतमा पानी जमेपछि त्यसको निकासका लागि पहलकदमी चलिरहेका थिए ।
तर यो घटनालाई कसरी राजनीतिक रंङ्ग दिइयो, त्यो झन चाखलाग्दो छ ।
कुरा यही शनिबारको हो, त्यो दिन सुरुमा अलौंका वडा सदस्य आमोद यादवले जमेको पानीलाई निकास दिन भन्दै त्यहाँ भुल्ल बनाइदिए ।
जहाँबाट पानी बग्न थाल्यो, त्यो पानी बगेर अलौंको मन्सी टोलाको घरघरमा पुगेपछि झन विवाद सृजना भयो ।
त्यसपछि त्यहाँका स्थानीयले वडाअध्यक्ष सञ्जु क्षतकुलीलाई घरमा पानी पस्न थालेको भन्दै तत्काल भुल्ल बन्द गर्न माग गरे ।
सोही माग अनुसार भुल्ल खोलेको करिब ५ घण्टा पछाडि वडाअध्यक्ष क्षतकुलीले पुनः गएर भुल्ल बन्द गरिदिए ।
अनि इन्ट्री भयो, मेयर राजेशमान सिंहको । भुल्ल बन्द गरेपछि मेयर सिंहले वडाअध्यक्ष क्षतकुली तारन्तार फोन गरेर आक्रोश मात्रै पोखेनन्, गाउँमा राजनीतिक खेलिरहेको भनेर आरोपसमेत लगाउन भ्याए ।
वडाअध्यक्ष क्षतकुलीका अनुसार घटनाको भोलीपल्ट मेयरसाहेबले गाउँमा पानी पसेको÷नपसेको बारे अध्ययन गर्न एक टोलीलाई निरीक्षण गर्न पठाउनु भयो, त्यही क्रममा सोही दिन गाउँका सुदर्शन लामिछाने वडा सदस्य यादवबिच विवादसमेत भएको बताइन्छ ।
वडाअध्यक्ष क्षतकुलीका अनुसार त्यसपछि यो विवादको भोलीपल्ट उनी आफै दलबलसहित सोमबार गाउँमा आए, जहाँ शिव ओम लामिछानेमाथि दुव्र्यवहार गरियो ।
एक स्थानीयका अहनुसार गाउँका ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार भएपछि अवस्था तनावग्रस्त बन्यो, अनि मेयरका नगरप्रहरीले स्थानीयमाथि अन्धाधुन्ध प्रहार गर्न थाले ।
एक प्रत्यक्षदर्शीका अनुसार अनि यही बेला सुदर्शन लामिछानेलाई टाउँकोमा चोट लाग्यो भने अन्यलाई दुव्र्यवहार भयो ।
जनप्रतिनिधिबाट यसरी जनता कुटिए पनि जनताको बचाऊ गर्नुको साटो जिल्लाका पार्टीहरु भने आरोप–प्रत्यारोपमा उत्रेका छन् ।
उक्त घटनालाई अहिले पर्साको राजनीतिक तरङ्गित बनेको छ, जुन तरंगको कम्पन जिल्लाभरि हलचल ल्याइदिएको छ ।
कारण–मेयर सिंहसहित उनका समर्थकहरुले अलौंका स्थानीयसंग दुव्र्यवहार गरे, जसकारण त्यो घटना चर्चाको केन्द्रबिन्दूमा छ ।
घटना खासमा पानीको निकासका लागि भएकै हो । तर स्वार्थ समुहले पानी निकासमा राजनीतिक गर्न थालेपछि विवाद सतहमा आएको हो ।
किन पुगे मेयर ?
खासमा मेयर राजेशमान सिंह अहिले आफ्नो कामसंगै संगठन विस्तारलाई प्राथमिकतामा राखेका छन् ।
मेयरमा भएकै बल स्थानीयमा पकड बढाउनुको साथै संगठनलाई बलियो बनाउन प्रयासरत छन्, जसको नमुनाको रुपमा लिन सकिन्छ– अलौं घटनालाई ।
यो घटनामा कुनै विवाद थिएन, तर जसपा नेपालबाट अशोक राइ नेतृत्वको पार्टीमा उनी गएपछि उनको संगठनको खासगरी अलौंतिर पकड कमजोर हुँदै गइरहेको थियो ।
एक स्थानीयका अनुसार मेयर सिंहले अलौंमा आफ्नो संगठनको उपस्थिति दर्ज गराउन खोजिरहेका थिए, जसको सारथीको रुपमा काम ग¥यो –पानी विवाद ।
जसमा उनलाई साथ दिए, वडा सदस्य यादव । अर्थात् एमालेबाट वडा सदस्यमा जितेका अमोद यादवलाई आफ्नो ‘ग्रिप’मा लिएर उनले आफ्नो राजनीतिक पकड बलियो बनाउन प्रपञ्च रचे, जसमा उलनाई सफलता पनि मिलेको आरोप लागिरहेको छ ।
एक राजनीतिज्ञ भन्छन्, ‘किनभने मेयरसाहेबलाई अलौंमा कोही चाहिएको थियो, त्यसका लागि उनले अमोद यादवलाइ चुने । नेता बनाइदिए । यो भनेको आफ्नो राजनीतिक स्वार्थ हो । अरु केही पनि होइन ।’
विज्ञप्तिमा लुकेको स्वार्थ
तर पछिल्लो समय मेयर सिंहको राजनीतिक दाउमा भने जिल्लाका राजनीतिक दलहरुमध्ये कोहीले मलजल गरिरहेका छन् भने कोहीले विरोध जनाइरहेका छन् ।
उनको राजनीतिक प्रपञ्चमा खासगरी सरकारको नेतृत्व गरिरहेको एमालेले भरपुर साथ दिइरहेको छ ।
मेयरलाई बचाऊ गर्दै एमाले बीरगन्ज महानगर कमिटिले विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीबाट वडा सदस्यमा निर्वाचित यादवको दोषीलाई कारबाही गर्न माग गरेको छ ।
तर यही घटनासंग सम्बन्धित मेयर सिंहको बारेमा एक शब्द पनि बोल्न सकेको छैन ।
महानगर कमिटिका सचिव सुन्दर कुर्मीले एक विज्ञप्ति जारी गर्दै यादवमाथि दुव्र्यवहार गर्नेमाथि कारबाहीको माग गरेका हुन ।
यसैगरी अशोक राइ नेतृत्वको पार्टी जसपाले मेयर सिंहमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
जसपाको महानगर कमिटिले आफ्नो पार्टीको मेयरलाई बचाउ गर्दै उल्टै मेयरसंग दुव्र्यवहार गर्नेहरुमाथि कारबाहीको माग गरेको हो ।
यता कांग्रेस पर्साले भने एक विज्ञप्ति जारी गर्दै गाउँका ज्येष्ठ नागरिकमाथि भएको दुव्र्यवहारको निन्दा गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटनामा संलग्न मेयर सिंहसहितका समर्थकहरुमाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेको छ ।
यसैगरी जनमत पार्टीले भने बिचबिचको विज्ञप्ति निकालेर अनुसनधान गर्न माग गरेको छ ।
जनमत पार्टीले निकालेको आफ्नो विज्ञप्तिमा सत्थ तथ्यको छानविन गरी दोषी उपर कारबाही गर्न माग गरेको छ ।
अर्थात् उसले आफ्नो विज्ञप्तिमा मेयर ठीक वा बेठिक वा जनता गलत वा सही भनेर किटान नगरी तथ्यको जाँच गरेर दोषी उपर कारबाहीको माग गरेको हो ।