बीरगन्ज । माइस्थान संचालक समितिले बीरगन्जको गहवामाईको फूलपातीको शुभ साइतको समयतालिका सार्वजनिक गरेको छ ।
समितिले बिहीबार बिहान गहवामाईको फूलपातीको शुभ साइतको तालिका एक सूचनामार्फत सार्वजनिक गरेको हो ।
समितिका अनुसार गहवामाईको बिहीबार बिहान ७ बजेर ११ मिनेटमा तुलजाभवानी यात्रा निकालिने शुभ साइत निर्धारण गरिएको छ । यसैगरी ८ बजेर ४३ मिनेटमा स्थिरासन गर्ने कार्यतालिका तय गरिएको जनाइएको छ ।
नवरात्रको सातौँ दिन अर्थात् बिहीबार हर्षोल्लासका साथ फूलपाती भित्र्यिाउने र बढाइँ गरिने चलन छ । सोही अनुुसार उपलक्ष्यमा बीरगन्जको गहवामाईको फूलपाती र बलिदानसमेत गरिने समितिको भनाइ छ ।
फूलपाती भित्र्यिाउने कार्यमा महानगरका प्रमुख, निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमासांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई विधिपूर्वक भित्रइन्छ ।
यसैगरी बलिदानको समेत समितिले समयतालिका निर्धारण गरेको छ । समितिका अनुसार शुक्रबार बिहान साढे ७ बजे बलिदान गरिने शुभ साइत छ ।
के हो फुलपाती ?
सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो ।
घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ ।
दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ ।
फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको जनाइन्छ । फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ ।