ट्रेन्डिङ

पर्साको पोखरीयामा जारी धर्नाप्रति रामुक्राका अध्यक्ष महतोको विज्ञप्ति, भने– जनताको मुद्दा उठाउँदा राज्य बेखर भइरहेको बसिरहेको छ, जुन गैरजिम्मेवारीपन हो

बीरगन्ज । पर्साको पोखरीयामा एघार दिनदेखि जारी धर्नाप्रति राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ऐक्यबद्धता जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले एक विज्ञप्ति जारी गर्दै धर्नाप्रति ध्यानाकर्षण भएको जनाउ गर्दै ऐक्यबद्धता जनाएको हो ।

पोखरीया नगरपालिकामा असोज १३ गते आइतबारदेखि भइरहेको अनिश्चितकालिन धर्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले जनाएको हो ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ती जारी गर्दै यस्तो भनेका हुन । उनले पार्टीका राष्ट्रिय सदस्य तथा केन्द्रिय नेता नेजामुद्दिन समानीको अगुवाइमा भइरहेको सो आन्दोलनप्रति ऐक्यबद्धता जनाएका बताएका छन् ।

पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आन्दोलन सुरु गरेको हो ।

पोखरीयामा केही सरकारी कार्यालय तथा अस्पताल बनाउने सम्झौता यसअघि नै भएको तर हालसम्म पनि उक्त विषयको बेवास्ता गरिएको भन्दै नेता समानीले आन्दोलन सुरु गरेका छन् ।

११ दिनदेखिको लगातार आन्दोलनको बाबजुत पनि तीनै तहका सरकारले माग सुनुवाइ नगरेको अध्यक्ष महतोको ठहर छ ।

उनले आम जनताको आधारभूत आवश्यकता र दैनिक कामकाज सहज बनाउने उद्देश्यले राखिएका सबै माग मुद्दाहरू तत्काल वार्ता र संवादको माध्यमले समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘लोकतन्त्रमा एकजना जनता पनि कुनै विषयमा असन्तुष्ट भई आफ्नो माग मुद्दा अगाडि सारे राज्यले तत्काल सम्बोधन गर्नुपर्दछ । तर आज ११ दिन देखि लगातार पोखरीयावासी आन्दोलनमा बस्दा पनि तीनै तहको सरकार मौन बस्नुले गैरजिम्मेवारीको हद नाघेको छ ।’

रोम जलिरहँदा निरोहरुले बाँसुरी बजाएर बसेको जस्तो व्यवहार नगर्न उनले सरकारलाई सचेत समेत गराएका छन् । अन्यथा यसबाट उत्पन्न हुने भयानक र असहज स्थितिको लागि तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने राष्ट्रिय मुक्ति क्रन्ति नेपालले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै