ट्रेन्डिङ

छोरी गुमाएकी एकल आमाको पीडामा पर्सा प्रहरीको साथ, गर्‍यो ५० हजारको चेक हस्तान्तरण

वीरगन्ज । एक साता अघि वीरगन्जमा मृत अवस्थामा फेला परेकी सुनिता तामाङकी आमालाई प्रहरीले आर्थिक सहयोग प्रदान गरेको छ।

प्रहरी प्रमुख सुदिपराज पाठकको पहलमा आर्थिक सहयोग प्रदान गरिएको हो ।

मृतककी आमा एकल महिला रहेकी र परिवारको आर्थिक अवस्था दयनीय देखिएपछि जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट सहयोग उपलब्ध गराइएको हो।

गएको मंसिर २७ गते वीरगन्ज महानगरपालिका–१० स्थित मारवाडी धर्मशालाको तेस्रो तल्ला कोठा नम्बर १०४ मा डेरा गरी बस्दै आएकी पर्सागढी नगरपालिका–३ की करिब २१ वर्षीया सुनिता तामाङ मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि मृतकको घरमा एकल महिला आमा कान्छीमाया स्याङ्बो बाहेक अन्य कोही नभएको र आर्थिक अवस्था कमजोर रहेको पाइएको प्रहरीले जनाएको छ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पाठकले मृतककी आमा कान्छीमाया स्याङ्बोलाई जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट नगद ५० हजार ५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्रहरीका अनुसार पीडित परिवारलाई राहतस्वरूप यो सहयोग प्रदान गरिएको हो ।

घटनासम्बन्धी आवश्यक प्रक्रिया र अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै