ट्रेन्डिङ

पर्सा प्रहरीले २४० किलो चरेससहित पक्राउ गरेका दुइ जनालाइ सार्वजनिक गर्‍यो, को – को छन पक्राउ पर्नेमा ?

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध चरेससहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरू र बरामद सामग्री सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा २४० किलो चरेससहित दुई जना कारोबारी पक्राउ परेका थिए।

उनीहरू वीरगन्ज महानगरपालिका क्षेत्र हुँदै जगरनाथपुरबाट चरेस ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाहरुमा मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो रहेको पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी दिए।

उनीहरूको साथबाट ना ३ ख ५०९३ नम्बरको ६ चक्के ट्रक पनि बरामद गरिएको छ।

एसपी पाठकका अनुसार बरामद चरेस कहाँबाट ल्याइयो र कहाँ पुर्‍याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएकोबारे पनि अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै