
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।
बडादशैंको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी अर्थात् टीका (२६ गते) का दिनहरूको मौसम पूर्वानुमान गरेको हो ।
महाशाखाले तीन दिनमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार बडा दशैंको तीन दिन कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू९भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जारी गरेको दशैं विशेष बुलेटिनमा उल्लेख छ ।
यस वर्ष देशैभरबाट मौसम अझै नबाहिरिसकेकोले सर्वसाधरणलाई दसैँभरि मौसम कस्तो होला भन्ने जिज्ञासा रहेको थियो ।