ट्रेन्डिङ

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया सुरु भएको छ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली मतदानस्थल पुगेपछि औपचारिक रूपमा मतदान प्रारम्भ गरिएको हो।

ओलीसँगै अर्का अध्यक्ष प्रत्याशी ईश्वर पोखरेलले पनि मतदान गरेर प्रक्रिया अघि बढाएका छन्।

यसअघि मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सारिएको थियो।

बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिलाइपछि मात्रै मतदान सुरु भएको हो।

मतदान सुरु हुनु अघिदेखि नै प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका थिए।

महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान भइरहेको छ, जसका लागि ८० वटा विद्युतीय मेसिन प्रयोगमा ल्याइएको छ।

रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेका विद्युतीय मेसिनमार्फत भइरहेको मतदान प्रक्रियामा कुल २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै