ट्रेन्डिङ

बीरगन्जको नगवास्थित तीन घरमा सशस्त्र प्रहरीको छापा, २१ लाख भन्दा बढीको भन्सार छलीका कपडा बरामद

बीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।

बीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख भन्दा बढीको कपडा बरामद गरेको हो । महानगरपालिकाको नगवास्थित तीन घरमा छापामारी भण्डारण गरी राखिएका भन्सार छलीका सामान बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालले बताए ।

उनका अनुसार सशस्त्र प्रहरीलाइ भन्सार छली गरेर सामान राखिएको सूचना आएको थियो । त्यही सूचनालाई पछ्याउँदै जाँदा तीन घरबाट २१ लाख २१ हजार ८ सयको भन्सार छलीका कपडा बरामद भएको उनले बताए ।

तीनवटै घरबाट सशस्त्र प्रहरीले खासगरी सर्टिङ, सुटिङ तथा रेडिमेट कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । बरामद सशै सामान थप कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै