ट्रेन्डिङ

मधेस प्रदेश सभाको बैठक पुस २ गते, सभामुख चयन प्रक्रिया अघि बढाइने

जनकपुर । मधेस प्रदेश सभाको बैठक दुई दिनपछि डाकिएको छ ।

मधेस प्रदेश सभाले यही पुस २ गते दिउँसो १ बजेका लागि सदनको बैठक बोलाएको हो ।

मधेस प्रदेश सभाकी उपसभामुख बबिता इसरका अनुसार सभामुख चयनको प्रक्रिया अघि बढाउनका लागि सदनको बैठक डाकिएको हो ।

आज बसेको कार्य परामर्श समितिको बैठकको सुझावअनुसार सभामुख चयनका लागि सदन सञ्चालन गर्न लागिएको उनले बताइन् ।

मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएपछि प्रदेश सभाको बैठक बोलाइएको थिएन ।

लामो समयदेखि रोकिएको सदन अब सभामुख चयनको कार्यसूचीसहित सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै