ट्रेन्डिङ

पश्चिम वायुको आंशिक प्रभाव, कहाँको मौसम कस्तो रहनेछ ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

तर अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

हालको मौसम अवस्थाका आधारमा देशका कुनै पनि भू–भागमा तत्कालका लागि मौसमसम्बन्धी चेतावनी जारी गरिएको छैन ।

मौसम सामान्य रहेकाले जनजीवन, यातायात तथा हवाई उडानमा खास असर नपर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै