ट्रेन्डिङ

अलौँ घटना प्रकरण : पर्सा कांग्रेसले गर्यो बीरगन्जका मेयर सिंहमाथि कारबाही माग

बीरगन्ज । पर्सा कांग्रेसले बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको माग गरेको छ  । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले मेयर सिंहलाई कारबाही गर्न माग गरेको हो ।

नेपाली कांग्रेस पर्सा प्रवक्ता रमेश पाण्डेले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘असोज २१ गते सोमबार बीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौँमा वर्षाको पानी निकास सम्बन्धमा नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर प्रहरीसमेतको टोली पुगेर स्थानीयबासी ज्येष्ठ नागरिक नेपाली कांग्रेसका नगर वडा कार्य समितिका सभापति शिव ओम लामिछानेसँग हातपात गरी बुजुर्ग व्यक्तिमाथि अभद्र व्यवहार गरिएको, साथै उनका छोरा सुदर्शन लामिछानेलाई समेत अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको घटनाको कांग्रेस पर्सा घोर निन्दा तथा खेद प्रकट गर्दछ । अत: घटनाको निष्पक्ष  छानबिन गरि दोषीमाथि गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ ।’

उनले अलौँमा भएको घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

असोज २१ गते सोमबार अर्थात् हिजो वडा नम्बर २६ स्थित बाढीका कारण खेतमा जमेको विषयमा विवाद हुदाँ महानगर प्रमुख सिंह र स्थानीयबिच घम्साघम्सी भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै