ट्रेन्डिङ

बारा नितनपुर चोकमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु,एक घाइते

बारा । बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजेतिर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका बकुलिया बस्ने २५ वर्षीय विनय चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

मोटरसाइकलमा पछाडि सवार राकेश पासवान घाइते भएका छन्।

अस्पताल पुगेपछि चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने पासवानको उपचार जारी रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै