ट्रेन्डिङ

जनकपुरस्थित पुरानो रेल्वेको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले भने – मधेशमा रेल्वे सङग्राहलयको स्थापना गर्न जरुरी छ

जनकपुर । मधेश सरकारका मुख्यमन्त्री सतिश सिंहले रेलका पुराना तथा वाष्प इन्जिनको निरीक्षण  गरेका छन् ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ खजुरीस्थित सोमबार मुख्यमन्त्री सिंहले ८ वटा वाष्प इन्जिनको अनुगमन तथा निरीक्षण  गरेका हुन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना तथा थन्क्याइएको ८ वट वाष्प इन्जिनको स्थलगत निरिक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

रेल्वे कम्पनीको निरिक्षणपश्चात मुख्यमन्त्री सिंहले रेल्वे सङग्राहलय स्थापनामा जोड दिए । उनले मधेशको ऐतिहासिक महत्वको वाष्प इन्जिनको संरक्षण तथा सम्वर्धन गर्दै पर्यटनसँग जोड्न आवश्यक रहेको औल्याए । उनले भने, ‘त्यसका लागि प्रदेश सरकारले संघ सरकार तथा अन्य सरोकारवाला निकायसँग पहल गर्नेछ ।’

सङ्ग्राहलय स्थापनासँगै खजुरी क्षेत्रलाइ जोड्ने विभिन्न मार्गहरुको समेत विकास गर्नुपर्ने उनको भनाइ थियो ।

सङ्ग्राहलय स्थापनापश्चात सडक तथा यातायात विकसित नहुँदाको सय वर्षअघिको समयमा नेपालमा रेल्वे सञ्चालनमा आएको इतिहास जर्गेना गर्न र त्यसमार्फत मधेशको तत्कालीन सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था बुझ्न सङ्ग्राहलयले मद्दत गर्ने मुख्यमन्त्री सिंहको विश्वास छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै