काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक बदली रहने सम्भावना छ भने राति पनि यही क्रम निरन्तर रहने महाशाखाले जानकारी दिएको छ।
आगामी सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने अनुमान गरिएको छ।