ट्रेन्डिङ

जनकपुरमा सात वर्षीया बालिकालाइ बलात्कार गर्ने वृद्ध पक्राउ

जनकपुर । जनकपुरमा सात वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६७ वर्षीय वृद्ध रामभगत साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ निवासी हुन ।

बालिकालाई एक्लै भएको मौका छोपी आरोपी साहले आज बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै