काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा विपक्षी पक्षको बहस सकिन नसकेपछि मुद्दा पुनः ‘हेर्दा–हेर्दै’मा परको छ।
रिट निवेदक रक्कीप्रसाद साहका अनुसार मंगलबार उनीहरूको तर्फबाट बहस सुरु भए पनि विपक्षी पक्षका अधिवक्ताहरुको दीर्घ बहसका कारण आज (बिहीबार) समेत सुनुवाइ टुंगिन सकेन।
केही अधिवक्ताको बहस बाँकी रहेकाले मुद्दा हेर्दा–हेर्दैमा राखिएको हो।
अब रिटको अर्को पेसी आउँदो सोमबारका लागि तोकिएको छ।
सोमबारको सुनुवाइमा विपक्षी पक्षका बाँकी अधिवक्ताले बहस सकेपछि रिट निवेदक पक्षले जवाफी बहस राख्ने र त्यसपछि सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिएको रिट निवेदक साहले बताए।
मधेस प्रदेशका मुख्यमन्त्री नियुक्ति गैर–संवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा तीन वटा रिट परेको छ।
रक्कीप्रसाद साहसहित अर्जुन शाह र नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव सहित ७४ जना प्रदेशसभा सदस्यले दायर गरेको रिटमा अहिले निरन्तर बहस जारी छ।