जनकपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनिलकुमार साहलाई जनकपुर बोल्ट्सले अनुबन्ध गरेको छ । विकेट किपर तथा ब्याटर साहलाई १५ लाख रुपैँयामा जनकपुर बोल्ट्सले अनुबन्ध गरेको हो ।
अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै अर्थात् ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्र (चिठ्ठा) मार्फत जनकपुरले पाएको हो ।
जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।
नेपालबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीको रुपमा छन् । नेपालका दुई विकेटकिपर आसिफ र अनिलले ओपनिङ गर्नेछन् ।
अब साहले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेल्ने छन् । क्रिकेट मंसिर १६ गतेदेखि काठमाण्डौँमा सुरु हुनेछ ।