ट्रेन्डिङ

सिर्सिया सुख्खा बन्दरगाह भन्सारको राजश्व संकलनमा गिरावट

बीरगन्ज । बीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह कार्यालयको राजश्व संकलनमा २६ करोड भन्दा बढी रुपैँयाले गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दुइ महिनाको अवधिमा राजश्व संकलनमा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको वितेको दुइ महिनाको अवधिमा कार्यालयले ८ अर्ब ३९ करोड ४१ लख १२ हजार रुपैँया संकलन गरेको जनाएको छ । अर्थात् यो लक्ष्यको ९३ दशमलव ९८ प्रतिशत हो ।

गत वर्षको सोही समयको तुलनामा कार्यालयले २६ करोड ७९ लाख ४३ हजार रुपैँया कम संकलन गरेको तथ्यांक छ ।

गत वर्ष २०८०÷०८१ को साउन र भदौको अवधिमा कार्यालयले ८ अर्ब ६५ करोड २० लाख ५५ हजार राजस्व सङ्कलन गरेको जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी सुशीलप्रसाद शर्माले लक्ष्य अनुरुपको राजश्व संकलन नभएको स्विकार गरे । उनका अनुसार यहि गतिमा जाने हो भने लक्ष्य भेट्टाउन कार्यालय असफल हुने निश्चित छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै