ट्रेन्डिङ

महोत्तरीमा करिब ३ महिनापछि आफ्नै बुवाको हत्या आरोपित छोरा पक्राउ

महोत्तरी । करिब तीन महिनादेखि फरार रहेका आफ्नै बुवाको हत्या आरोपित छोरा अजय कुमार ठाकुर पक्राउ परेका छन्।

महोत्तरी–३ मा भदौ २४ गते राति भएको पारिवारिक विवादका क्रममा बुवा जोगेन्द्र ठाकुरलाई हतियार प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेका उनलाई प्रहरीले यही मंसिर ६ गते पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले जारी गरेको विज्ञप्तिअनुसार अजय ठाकुरलाई जलेश्वर नगरपालिका–१२ मा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

घटनापछि उनी सतर्कतापूर्वक फरार रहेका कारण प्रहरीले लामो समयदेखि खोजी तथा निगरानी जारी राख्दै आएको थियो।

प्रहरीका अनुसार भदौ २४ गते घरभित्रै उत्पन्न विवाद छोराहरूबीच झगडामा परिणत हुँदा अजयले बुवा जोगेन्द्रमाथि हतियार प्रहार गरेका थिए।

गम्भीर चोटपटकका कारण तत्कालै ठाकुरको मृत्यु भएको थियो।

घटना पछि अजय फरार भएपछि उनको ठेगाना, सम्भावित बसाइ र आवतजावतको गतिविधि निरन्तर ट्र्याक गर्न प्रहरीले आफ्नो सक्रियता बढाउदै आएको थियो।

अन्ततः प्राप्त सूचनाका आधारमा खटिएको टोलीले अजयलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता शैलेन्द्र कुमार भट्टले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै