काठमाडौँ । नेकपा एमाले आज राजधानीमा ठूलो जनप्रदर्शन गर्ने तयारीमा छ।
एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्ने कार्यक्रम अघि सारेको हो।
पार्टीले यस जनसभालाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्दै आएको छ।
एमालेका नेताहरूका अनुसार संसद् विघटनको घटनाक्रम र सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारलाई असंवैधानिक ठहर गर्दै यसको विरोधस्वरूप जनसभा आयोजना गरिएको हो।
नेता महेश बस्नेतले आजको प्रदर्शनमा करिब ६० हजार सहभागी उतार्ने दाबी गरेका छन्।
एमालेले केही दिनअघि ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्दै जनतालाई व्यापक रूपमा सहभागी गराउने तयारी गरेको थियो।
आजको प्रदर्शनले राजधानीको राजनीतिक तापक्रम थप चर्काउने अनुमान गरिएको छ।