ट्रेन्डिङ

रौतहटमा स्कुल बसको ठक्करले २ वर्षे बालकको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा बिहानै भएको स्कुल बस दुर्घटनामा एक बालकको ज्यान गएको छ।

ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले हानेपछि २ वर्षे आदित्य कुमार साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार बिहान सवा ८ बजेतिर मानपुरतर्फ जाँदै गरेको स्कुल बसले स्थानीय रञ्जन साहका छोरा आदित्यलाई ठक्कर दिएको थियो।

गम्भीर रूपमा घाइते बालकलाई बचाउन नपाइने गरी घटनास्थलमै ज्यान गएको उनले बताए।

दुर्घटनापछि बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै